उत्तरी गोरखामा भीषण वर्षा, बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन अपिल
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले उत्तरी गोरखामा अत्यधिक वर्षा मापन भएको छ।
विभागको स्वचालित वर्षा मापन प्रणालीअनुसार गोरखा जिल्लाको जगत (सेतीबास) वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १७४ मिलिमिटर वर्षा रेकर्ड भएको छ।
यो परिमाणको वर्षालाई भीषण मानिन्छ र यसले त्यस क्षेत्रमा प्राकृतिक विपद्को जोखिमलाई ह्वात्तै बढाएको छ।
विभागले आफ्नो आधिकारिक वेबसाइटमा उक्त केन्द्रलाई रातो संकेतसहित ‘अलर्ट’मा राखेको छ।
यो क्षेत्र नारायणी नदी अन्तर्गत पर्दछ र त्यहाँ भएको भारी वर्षाले नदी तथा खोलाहरूमा पानीको बहाव एक्कासि बढ्न सक्ने देखिन्छ।
जगत केन्द्र नजिकै रहेको फिलिम केन्द्रमा पनि १०४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।
कात्तिक १५, २०८२ शनिबार ०८:४७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।