भक्तपुरमा ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर सुरु
काठमाडौं : टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भक्तपुरमा ‘एक्सप्रेस–टी’ को नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो।
एसी अगाडि बालकुमारी र गोङ्गबुमा सर्भिस सेन्टर सुरु गरेको थियो। नयाँ सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको र फास्ट चार्जिङ स्टेसनको समेत व्यवस्था गरिएको छ कम्पनीले जानकारी दिएको छ।
उसले बालकुमारी, एकान्तकुना, टिकाथली, वनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोङ्गबु, कपन, खाडीचौर र दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याएको छ।
‘एक्सप्रेस–टी’ मा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टीको सुविधा छ।
कात्तिक १४, २०८२ शुक्रबार २१:४०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।