विराटनगर किंग्सले एनपिएलमा ल्यायो आइपिएल खेलेका दक्षिण अफ्रिकी ब्याटर प्लेसिस

विराटनगर किंग्सले एनपिएलमा ल्यायो आइपिएल खेलेका दक्षिण अफ्रिकी ब्याटर प्लेसिस

काठमाडौं : विराटनगर किंग्सले  नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसलाई ल्याउने भएको छ।विराटनगरले शुक्रवार फेसबुकमा उनको तस्बिर राखेर प्लेसिसले एनपिएल सिजन दुइमा आफ्नो समूहबाट खेल्ने सार्वजनिक गरेको हो।

डू प्लेसिस  दक्षिण अफ्रिकाका पूर्वकप्तानसमेत हुन्। उनले यस अगाडि इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुबाट खेलेका थिए। उनी सन् २०२२ देखि २०२४ सम्मै एनपिएलमा अनुबन्ध भएका थिए। 

पहिलो सिजनमा निकै कमजोर प्रदर्शन गरेको विराटनगरले यसअघि अस्ट्रेलियाका ब्याटर साम हिजलेट र स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेलाई आफ्नो टिममा भित्र्याइसकेको छ। यसको मार्की सन्दीप लामिछाने हुन्।

कात्तिक १४, २०८२ शुक्रबार १७:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।