ल्याण्डफिल साइटमा अवरोध भएको भन्दै फोहरमैला घरमै राख्न काठमाडौं महानगरको आग्रह
 
                    
                    
                    काठमाडौं : काठमाडौं महानगरपालिकाले फोहरमैला विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा अवरोध भएकाले फोहरमैला घरबाट ननिकाल्न नगरवासीलाई अनुरोध गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै फोहरमैला घर तथा कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न र जथाभावी सडक तथा सार्वजनिक स्थलमा नफाल्न आग्रह गरेको हो।
कामपाले काठमाडौं उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो।
कात्तिक १४, २०८२ शुक्रबार १७:२०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    