सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
 
                    
                    
                    
                    काठमाडौं : सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ।
बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
कात्तिक १४, २०८२ शुक्रबार ११:४४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    