एभरेष्ट बैंकको ३१औँ साधारण सभा सम्पन्न, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकको ३१औँ साधारण सभा सम्पन्न, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले आफ्नो ३१औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

मंगलबार काठमाडौंमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) प्रदान गर्ने निर्णय गरेको हो।

यसका साथै, सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकमा जी.पी. राजवाहक एण्ड कम्पनीलाई नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको बैंकले जनाएको है।

कात्तिक १४, २०८२ शुक्रबार ११:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।