एनआईसी एशिया बैंकका ग्राहकलाई मकवानपुरको ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट
 
                    
                    
                    
                    काठमाडौं : एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई मकवानपुरको थाहामा अवस्थित ओम अध्याय रिट्रिटमा विभिन्न सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट प्रदान गर्न एक सम्झौता गरेको छ।
यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त रिट्रिटमा डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउनेछन्।
सम्झौता अनुसार, बैंकका ग्राहकले रिसोर्टको प्याकेजमा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन्।
यो छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड अथवा ‘मोबैंक’ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
यस सहकार्यले ग्राहकलाई लाभ पुग्नुका साथै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सघाउ पुग्ने बैंकले विश्वास लिएको छ।
कात्तिक १४, २०८२ शुक्रबार १०:३९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    