यौन शोषणमा दोषी ठहरिएपछि अस्ट्रेलियाका पूर्व सांसदलाई ५ वर्ष ९ महिना जेल

यौन शोषणमा दोषी ठहरिएपछि अस्ट्रेलियाका पूर्व सांसदलाई ५ वर्ष ९ महिना जेल

एजेन्सी :  अस्ट्रेलियाका एक पूर्व राजनीतिज्ञ ग्यारेथ वार्डलाई दुई युवकमाथि यौन शोषण गरेको अपराधमा पाँच वर्ष नौ महिनाको जेल सजाय सुनाइएको छ। उनले ती युवकहरूलाई कामको सिलसिलामा भेटेका थिए।

४४ वर्षीय वार्ड गत जुलाई महिनादेखि नै जेलमा छन्। अदालतको जुरीले उनलाई सन् २०१३ मा एक युवकको बलात्कार र सन् २०१५ मा अर्का एक युवकमाथि अश्लील हर्कत गरेको घटनामा दोषी ठहर गरेको थियो।

वार्ड सन् २०११ देखि न्यू साउथ वेल्सको कियामा क्षेत्रबाट सांसद थिए।

सन् २०२१ मा उनीमाथि आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए, तर सांसदको रूपमा भने कायमै रहे। उनी सन् २०२३ मा पुनः सांसदमा निर्वाचित समेत भएका थिए।

सजाय सुनाउँदै न्यायाधीशले भने, ‘यस मुद्दामा कैद बाहेक अरू कुनै सजाय उपयुक्त छैन।’

कात्तिक १४, २०८२ शुक्रबार ०९:४०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।