टाटा ‘एक्सप्रेस-टी’ का लागि भक्तपुरमा नयाँ सर्भिस सेन्टर, सर्भिसिङ र फास्ट चार्जिङ एकै ठाउँमा

टाटा ‘एक्सप्रेस-टी’ का लागि भक्तपुरमा नयाँ सर्भिस सेन्टर, सर्भिसिङ र फास्ट चार्जिङ एकै ठाउँमा

काठमाडौं : टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ का ग्राहकहरूलाई लक्षित गर्दै भक्तपुरको सल्लाघारीमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

काठमाडौं उपत्यकामा एक्सप्रेस-टीको बढ्दो उपस्थितिलाई ध्यानमा राख्दै ग्राहकलाई सहज र छरितो सेवा दिन यो केन्द्र खोलिएको हो।

यस सर्भिस सेन्टरमा अत्याधुनिक उपकरणबाट सर्भिसिङको सुविधाका साथै फास्ट चार्जिङ स्टेसन पनि उपलब्ध छ। अब सर्भिसिङ र चार्जिङ दुवै सुविधा एकै ठाउँमा पाइने हुँदा ग्राहकको समय, ऊर्जा र खर्च बचत हुने कम्पनीले विश्वास लिएको छ।

भक्तपुरको यो नयाँ केन्द्रसँगै सिप्रदीले काठमाडौंको बालकुमारी र गोंगबुमा पनि ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ। यसका साथै, उपत्यका र बाहिरका विभिन्न ११ स्थानमा फास्ट चार्जिङ स्टेसनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई थप प्रभावकारी बनाएको छ।

‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी आफ्नो आधुनिक डिजाइन, सुरक्षा र कम सञ्चालन लागतका कारण बजारमा लोकप्रिय छ। फराकिलो भित्री भाग, ठूलो बुट स्पेस र बलियो संरचनाले गर्दा यो ट्याक्सी सञ्चालक र यात्रु दुवैको रोजाइमा परेको छ।

कम्पनीले यस ट्याक्सीको खरिदमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टीसमेत प्रदान गर्दै आएको छ।

कात्तिक १४, २०८२ शुक्रबार ०९:०४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।