रुसद्वारा पावर प्लान्टमा आक्रमण, दुई जनाको मृत्यु भएको जेलेन्स्कीको दाबी
 
                    
                    
                    
                    एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा भएको रुसी हमलामा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो सरासर आतंक हो। सर्वसाधारणले यसरी युद्ध गर्दैनन्। विश्वले यो रुसी आक्रमणको कडा जवाफ दिनुपर्छ।’
केही दिनअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने सम्भावनाबारे बताएका थिए। उनले युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कुराकानी हुन सक्ने सङ्केत दिएका थिए।
तर, पछि उक्त भेटवार्ता रद्द भएको थियो। युक्रेनले ट्रम्प-पुटिन वार्ता रद्द भएपछि रुसी आक्रमण झनै तीव्र भएको आरोप लगाएको छ।
कात्तिक १४, २०८२ शुक्रबार ०८:३५:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    