रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन

रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

 बिहीबार निर्वाचन आयोग पुगेका चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन्।

 ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित रहेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष भने जेनजी पुस्ताका कबीर सोप रहेका छन्। साथै, वरिष्ठ उपाध्यक्ष जनमत पार्टी छाडेका अब्दुल खान, महासचिवमा उमाशंकर चौधरी छन्।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले अध्यक्षको रुपमा जेनजी पुस्ताकै कबीर सोपलाई अगाडि बढाएको बताए। उनले भने, ‘हामीले नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्षको रुपमा जेनजी पुस्ताकै कबीर सोपलाई बनाएका छौ। उहाँ पढेँलेखेको, देश विदेशको भ्रमण गरेको र नागरिकको आम व्यथा बुझ्ने, चौधरी परिवारको चेलीवेटीका पुत्र, दलितको पुत्र टिकापुरकै हुनुहुन्छ, टिकापुरको घटना आफ्नै आँखाले देख्नुभयो। टिकापुरको विभेद र दमनको पराकाष्ट र सिंगो समुदायप्रतिको ज्यादती आफ्नै आँखाले देख्नुभएको छ।’
 

कात्तिक १३, २०८२ बिहीबार १९:२६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।