विश्वकप लिग-२ मा नेपाल यूएईसँग ५ विकेटले पराजित

विश्वकप लिग-२ मा नेपाल यूएईसँग ५ विकेटले पराजित

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको ओडिआई शृंखलामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। बिहीबार भएको खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भयो।

नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमै ५ विकेट गुमाएर पूरा गर्यो। यूएईका ओपनर आर्यन्श शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ९८ रन बनाए भने अलिशान सराफुले ४५ र मुहम्मद वासीमले २६ रनको योगदान दिए।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन खर्चिँदै २ विकेट लिए। करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा अलआउट हुँदै २३३ रनमा रोकिएको थियो। कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गर्दै १३० बलमा १०९ रन बनाएका थिए।

यूएईका बलर जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो।

कात्तिक १३, २०८२ बिहीबार १८:४५:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।