खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश

खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्न आदेश

काठमाडौं : अभियन्ता खगेन्द्र सुनारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विद्युतीय कारोबार ऐनअन्तर्गत पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुनार आज (बिहीबार) अदालतमा उपस्थित भएका थिए। थुनछेक बहस सकिएपछि न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले उनलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधसम्बन्धी जाहेरी दिएकी थिइन्। 

सुनार मन्त्री बन्ने तयारीमा रहेका बेला विवाद सार्वजनिक भएपछि उनको सपथग्रहण स्थगित गरिएको थियो।

कात्तिक १३, २०८२ बिहीबार १७:३१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।