नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याउँदै युएई, पाँच ओभरमा बनायो ४७ रन
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान दिए। आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए।
युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन, मोहम्मद रोहिद र हैदर अलीले समान एक/एक विकेट लिए। युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ। जारी खेलमा ५ ओभरको खेल सकिँदा युएईले बिना कुनै विकेट गुमाएर ४७ रन बनाएको छ।
कात्तिक १३, २०८२ बिहीबार १५:५२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।