विश्वकप लिग-२ : यूएईविरुद्ध कप्तान पौडेलद्वारा सतक प्रहार

विश्वकप लिग-२ : यूएईविरुद्ध कप्तान पौडेलद्वारा सतक प्रहार

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी प्रहार गरेका छन्। 

जारी खेलमा पाँँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए। टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो।

लिग-२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो। यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो।

कात्तिक १३, २०८२ बिहीबार १५:२२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।