अभ्यासका क्रममा बलले लागेर अस्ट्रेलियामा १७ वर्षीय क्रिकेटरको मृत्यु
एजेन्सी : अस्ट्रेलियाको मेलबर्नमा एक युवा क्रिकेटरको अभ्यासका क्रममा चोट लागेर मृत्यु भएको छ।
१७ वर्षीय क्रिकेटर बेन अस्टिन नेटमा अभ्यास गरिरहेका थिए, त्यतिबेलै स्वचालित बलिङ मेसिनबाट आएको बलले उनको टाउको र घाँटीमा चोट लागेको थियो।
अभ्यासका क्रममा उनले हेल्मेट लगाएका थिए।
मंगलबार चोट लागेपछि तत्काल आपत्कालीन सेवा बोलाएर उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा बेनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको थियो, तर बुधबार उनको निधन भयो।
उनको क्रिकेट क्लबले बेन एक प्रतिभाशाली र लोकप्रिय खेलाडी भएको बताएको छ।
कात्तिक १३, २०८२ बिहीबार १०:३९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।