अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच दक्षिण कोरियामा भेटवार्ता शुरू, व्यापार सम्झौता मुख्य एजेन्डा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दक्षिण कोरियामा भेटवार्ता शुरू भएको छ।
एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा भएको यस भेटमा दुई नेताबीच व्यापार सम्झौताको विषयमा महत्त्वपूर्ण कुराकानी हुने बताइएको छ।
भेटवार्ताअघि राष्ट्रपति ट्रम्पले संक्षिप्त प्रतिक्रिया दिँदै बैठक निकै सफल हुनेमा आफू आशावादी रहेको बताए।
‘दुई देशबीच सधैँ राम्रो सम्बन्ध रहेको छ’, ट्रम्पले भने।
त्यसैगरी, चिनियाँ राष्ट्रपति सीले पनि आफ्नो प्रारम्भिक टिप्पणीमा ट्रम्प पुनः राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पसँग तीन पटक कुराकानी भएको उल्लेख गरे।
‘दुवै देश र सम्पूर्ण विश्वको हितका लागि अमेरिकासँग मिलेर अझ महान् र ठोस काम गर्न चाहन्छौँ’, सीले भने।
दुवै नेता दक्षिण कोरियामा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका हुन्।
कात्तिक १३, २०८२ बिहीबार ०८:५७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।