बैतडीमा जीप दुर्घटना : एक महिलाको मृत्यु, चार जना घाइते
बैतडी : बैतडीको मेलौली नगरपालिका-७ स्वाखानीमा गए राति जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार शिवनाथबाट मेलौलीतर्फ आउँदै गरेको से १ ज ७३२ नम्बरको जीप दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका-२ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते अन्य चार जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले जानकारी दिए।
कात्तिक १३, २०८२ बिहीबार ०८:०१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।