पश्चिमी वायु र ‘मोचा’ चक्रवातको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायु र ‘मोचा’ चक्रवातको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सक्रिय प्रभावसँगै बङ्गालको खाडीमा विकसित ‘मोचा’ चक्रवातको आंशिक असर देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रणालीहरूको संयुक्त प्रभावले देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यी प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रही तराईमा आंशिक बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्का वर्षाको पूर्वानुमान छ।

साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले वर्षा र हिमपातको सम्भावना रहेकाले ती क्षेत्रहरूमा यात्रा गर्दा र कृषि कार्य गर्दा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

कात्तिक १३, २०८२ बिहीबार ०७:१९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।