एआइओएन-भीले युरो एनक्यापबाट पाँचतारे सुरक्षा रेटिङ पायो

एआइओएन-भीले युरो एनक्यापबाट पाँचतारे सुरक्षा रेटिङ पायो

काठमाडौं : विद्युतीय सवारी साधन ब्रान्ड एआइओएनको लोकप्रिय मोडेल एआइओएनभीले हालै युरो एनक्याप सुरक्षा परीक्षण २०२५ मा उत्कृष्ट पाँचतारे सुरक्षा रेटिङ पाएको छ। यो मान्यता सवारी साधन उद्योगमा विश्वकै सबैभन्दा प्रतिष्ठित सुरक्षा मूल्याङ्कनहरू मध्ये एक मानिन्छ।

विश्व विद्युतीय सवारी बजारमा नयाँ मापदण्डहरू स्थापित गर्दै आएको एआइओएनको उपस्थिती एसिया, युरोप र मध्यपूर्वमा तीव्र गतिमा बढ्दै गएको छ। नेपालमा यसको आधिकारिक वितरकका रूपमा सीजी मोटर्सले नेपाली बजारमा एआइओएन भी र एआइओएन वाई जस्ता प्रिमियम विद्युतीय स्पोर्ट्स युटिलिटी सवारीहरू प्रस्तुत गर्दै आएको छ।

सुरक्षाको दृष्टिले यो मोडेल उत्कृष्ट मानिएको छ,जसमा उन्नत संरचना र कृत्रिम बुद्धिमत्तामा आधारित चालक सहायता प्रविधि जस्ता विशेषताहरू समावेश छन्। यी प्रविधिहरूले चालक र यात्रु दुवैलाई हरेक यात्रामा विश्वास, सहजता र सुरक्षा सुनिश्चित गर्छन्।

सीजी मोटर्सले नेपालभर विस्तारित प्रदर्शनी कक्ष, मर्मत केन्द्र र ग्राहक सेवा सञ्जाल विस्तार गर्दै एआइओएन ब्रान्डलाई थप सुदृढ बनाउने योजना बनाएको छ। कम्पनीका अनुसार, एआइओएन र सीजी मोटर्सको सहकार्यले नेपाललाई स्वच्छ, स्मार्ट र सुरक्षित यातायातको भविष्यतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

कात्तिक १२, २०८२ बुधबार १९:१९:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।