सुनको मूल्य घट्यो, चाँदीको भाउ बढ्यो
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो भने चाँदी ४५ रुपैयाँले महँगिएको छ।
यो गिरावटसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य प्रतितोला दुई लाख ३७ हजार रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर दुई हजार ९६५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
कात्तिक १२, २०८२ बुधबार ११:०६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।