सरकार, दल र जेन-जी अगुवाबीच त्रिपक्षीय बैठक

सरकार, दल र जेन-जी अगुवाबीच त्रिपक्षीय बैठक

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज सरकार, राजनीतिक दल र जेन-जी आन्दोलनका अगुवाहरूबीच त्रिपक्षीय बैठक बोलाएकी छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, बैठकमा आगामी निर्वाचनलाई सफल बनाउने र हालैको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ।

सरकारले राष्ट्रिय मान्यता प्राप्त दल र आन्दोलनका प्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर संवाद गर्न लागेको यो पहिलो पटक हो।

बैठकमा जेन-जी आन्दोलनको नेतृत्व गरेका करिब ८-९ वटा समूहका प्रतिनिधिलाई निम्तो दिइएको छ भने राजनीतिक दलहरूबाट दोस्रो तहका नेताहरू सहभागी हुने बताइएको छ।

यस बैठकलाई राजनीतिक गतिरोध अन्त्य गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
 

कात्तिक १२, २०८२ बुधबार ०८:००:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।