९८ करोड ठगीको अनुसन्धान गर्न प्रहरीले भट्टचनलाई पक्राउ गर्यो
काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको छ। प्रभु मेनेजमेन्टमा भएको ठगीको अनुसन्धानका लागि मंगलबार ब्युरोको टोलीले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।
प्रभु म्यानेजमेन्टको ९८ करोड रुपैयाँ ठगी भएको दाबीसहित त्यसकी अध्यक्ष अध्यक्ष कुसुम लामाले प्रहरीमा दिएको जाहेरीका आधारमा ब्युरोले उनलाई अनुसन्धानका लागि मंगलबार पक्राउ गरेको ब्युरोका एक अधिकारीले जानकारी दिए। लामाले प्रारम्भमा जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकोमा प्रहरीले जाहेरी नलिएपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्। सोही निवेदनको आधारमा जाहेरी दर्ता भएको थियो।
रेमिटेन्सको एजेन्टको रूपमा रहेको प्रभु मेनेजमेन्टले स्थानीयस्तरमा विभिन्न सहकारीहरूलाई एजेन्ट बनाउँदै उनीहरूसँग दुई लाखसम्म रकम लिएको थियो। धरौटीको रूपमा राखिएको सो रकम सहकारीहरूले फिर्ता नपाएपछि उनीहरूले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएका थिए। अध्यक्ष लामाले भट्टचनले अध्यक्ष पद छाडे पनि हिसाब बुझबुझारथ नगरेको दाबी गर्दै आएकी थिइन्।
कात्तिक ११, २०८२ मंगलबार २२:२४:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।