‘आ बाट आमा’का फिल्म निर्माता ध्रुव बैंकिङ कसुरमा समातिए, जग्गा दिन्छु भनेर ५५ लाख ठगी गरेको आरोप
काठमाडौं : निर्माणाधिन फिल्म 'आ बाट आमा' का निर्माता ध्रुव न्यौपाने बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।खातामा रकम नभएको ५५ लाख रुपैयाँको चेक दिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनी हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
जग्गा कारोबारीसमेत रहेका उनले झापाको जग्गा बिक्री गर्ने भन्दै पैसा लिएर डेढ-दुई वर्षसम्म जग्गा पास पनि नगर्ने र रकम पनि फिर्ता नगरेपछि उनीविरुद्ध जाहेरी परेको थियो। उनी सोमबार पक्राउ परेका हुन्।
उनी निर्माणाधिन फिल्म 'आ बाट आमा' का निर्माता हुन्। फिल्ममा पल शाह र मोडल उषा उप्रेती र साइग्रेस पोखरेल अनुबन्धित भएका छन्। राजेश हमाललाई लिएर बनेको फिल्म ‘नरसिंह अवतार’का तीन निर्माता दीपक शर्मा र नरेन्द्र महर्जनसँगै उनी पनि एक हुन्।
न्यौपानेले यसअघि ‘हिरो रिटर्न्स’ र ‘मायावी’ फिल्म निर्माण गरेका थिए। यी दुवै फिल्म फ्लप भएका थिए। रोजमेरी क्याफेका सञ्चालकसमेत रहेका उनी जग्गा कारोबारी हुन्।
केही फिल्ममा अभिनयसमेत गरेका न्यौपानेविरुद्ध विश्वराज पोखरेलले बैंकिङ कसुरको जाहेरी दिएपछि पक्राउ परेका हुन्।
कात्तिक ११, २०८२ मंगलबार १२:२०:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।