‘शार्क ट्याङ्क नेपाल’का निर्णायकहरूलाई सामसङको नयाँ फोल्डेबल फोन
काठमाडौं : सामसङ नेपालले आफ्नो पछिल्लो फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ लोकप्रिय रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’का निर्णायक (शार्क) हरूलाई प्रस्तुत गरेको छ।
हिमालय टिभीसँगको सहकार्यमा आयोजित एक कार्यक्रममा प्रविधि र उद्यमशीलताको सम्बन्धलाई उत्सव मनाउँदै उक्त फोन हस्तान्तरण गरिएको हो।
कार्यक्रममा शार्कहरूले सामसङको नयाँ पुस्ताको फोल्डेबल फोनको डिजाइन, कार्यक्षमता र एआई-संचालित विशेषताहरूबारे जानकारी लिएका थिए।
यो सहकार्यले अत्याधुनिक प्रविधि र उद्यमशीलतालाई एकै ठाउँमा ल्याएर नयाँ पुस्ताका उद्यमीलाई प्रेरित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले सामसङको नवीनता खोज्ने सोच र ‘शार्क ट्याङ्क नेपाल’को उद्यमशील भावनाबीच गहिरो समानता रहेको बताए।
उनले भने, ‘नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी प्रतिभाको प्रतीक हो, जुन सिर्जनशील सोच राख्नेहरूका लागि बनाइएको हो।’
ग्यालेक्सी जेड फोल्ड ७ ले आफ्नो फराकिलो डिस्प्ले र मल्टिटास्किङ क्षमतामार्फत उत्पादकत्व बढाउन मद्दत गर्ने सामसङको दाबी छ।
यस साझेदारीमार्फत कम्पनीले सिर्जनशील र फरक सोच्ने उद्यमीहरूलाई सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।
कात्तिक ११, २०८२ मंगलबार ११:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।