तोलामा २९ सयले घट्यो सुन

तोलामा २९ सयले घट्यो सुन

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज छापावाला सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६० रुपैयाँले घटेर २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघका अनुसार, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५०३ रुपैयाँ ५० पैसा कायम भएको छ।

कात्तिक ११, २०८२ मंगलबार ११:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।