पोखरा एभेन्जर्सको बाइक र्याली स्थगित
पोखरा : नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले आज बिहान आयोजना गर्न लागेको बाइक र्याली स्थगित गरेको छ।
प्रतिकूल मौसमका कारण विहान ९ बजे पोखरा रंगशालाबाट शुरू हुने तय भएको र्याली मौसमको अवस्थालाई ध्यानमा राख्दै स्थगित गरिएको टोलीले एकम सूचनामार्फत जानकारी गराएको छ।
र्यालीको नयाँ मितिबारे पछि जानकारी गराइने उल्लेख गर्दै आयोजकले र्यालीमा सहभागी हुन इच्छुक तथा दर्शकहरूलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ।
यसैगरी, आजै बिहान ११:३० बजे पोखरा रंगशालामा नै आयोजना गरिने पत्रकार सम्मेलन भने यथावत् रहनेछ।
कात्तिक ११, २०८२ मंगलबार ०९:१०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।