थ्री नेसन्स कपमा भारतमाथि नेपालको जित

थ्री नेसन्स कपमा भारतमाथि नेपालको जित
तस्विर : एन्फा

काठमाडौं : नेपालले थ्री नेसन्स कपमा सोमबार भारतमाथि २-१ को जित दर्ता गरेको छ।

सिलोङको जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न खेलमा नेपाली महिला राष्ट्रिय टोलीका लागि सावित्रा भण्डारी ‘साम्बा’ नायक बनिन्। उनले नेपाला लागि दुई गोल गरिन्।  

खेलको दोस्रो मिनेटमै सावित्राले विमला विकको लामो पास सदुपयोग गर्दै गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। उनले दोस्रो गोल ६२औं मिनेटमा फ्रि-किकमार्फत गरिन्।

खेलको ८२औं मिनेटमा भारतकी करिष्मा पुरुषोत्तमले एक गोल फर्काए पनि टोलीलाई बराबरीमा ल्याउन सकिनिन्।

कात्तिक १०, २०८२ सोमबार २०:४५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।