प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठी माताको पूजा आराधना

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठी माताको पूजा आराधना

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गरेकी छिन्। 

प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेकी हुन्। छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। बर्तालु भक्तजनहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ। 

छठ पर्वमा नदी किनार, तालतलैया, पखरीमा पुगेर पूजा आराधना गरिन्छ। त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिने धार्मिक परम्परा छ। छठ पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।

कात्तिक १०, २०८२ सोमबार १८:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।