आगामी केही दिन हिमपात र वर्षाको कारण दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी

आगामी केही दिन हिमपात र वर्षाको कारण दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी दिएको हो। महाशाखाका अनुसार, मिति २०८२/०७/१० गते रातीदेखि २०८२/०७/१२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।

साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा एक-दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको छ।

हिमपात र वर्षाले दैनिक जीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

कात्तिक १०, २०८२ सोमबार १७:०१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।