अर्घाखाँचीमा एमालेको सद्भाव र्याली
अर्घाखाँची : एमाले अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा सद्भाव र्याली निकालेको छ।
संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नका लागि र्याली आयोजना गरिएको एमालेले जनाएको छ।
पार्टीले ‘देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयास’ विरुद्ध प्रदर्शन आयोजना गरिएको बताएको छ।
र्यालीमा जिल्लाका विभिन्न स्थानीय तहबाट पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थिए।
सन्धिखर्क बजारका विभिन्न भाग परिक्रमा गरेको र्यालीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेता सूर्य थापा, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय नेताहरू सहभागी थिए।
एमाले अर्घाखाँचीका अनुसार, र्यालीमार्फत संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा पार्टी दृढ रहेको सन्देश प्रवाह गरिएको हो।
कात्तिक १०, २०८२ सोमबार १४:२१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।