पहिलो ‘एशेज टेस्ट’अघि अस्ट्रेलियालाई ठूलो झट्का

पहिलो ‘एशेज टेस्ट’अघि अस्ट्रेलियालाई ठूलो झट्का

एजेन्सी : इंग्ल्यान्डविरुद्धको प्रतिष्ठित एशेज सिरिज सुरु हुनुअघि अस्ट्रेलियाली टोलीलाई ठूलो झट्का लागेको छ। टोलीका नियमित कप्तान तथा प्रमुख बलर प्याट कमिन्स चोटका कारण पहिलो टेस्टबाट बाहिर भएका छन्।

कमिन्स पछिल्लो समय ढाडको चोटसँग संघर्ष गरिरहेका थिए। क्रिकेट अस्ट्रेलियाले नोभेम्बर २१ देखि पर्थमा शुरू हुने पहिलो टेस्टका लागि कमिन्स पूर्ण रूपमा फिट नहुने पुष्टि गरेको हो।

उनको अनुपस्थितिमा पूर्व कप्तान स्टिभ स्मिथले टोलीको नेतृत्व गर्नेछन्। कमिन्सले डिसेम्बर ४ देखि ब्रिसबेनमा सुरु हुने दोस्रो टेस्टसम्ममा फिट हुने लक्ष्य राखेका छन्।

क्रिकेट अस्ट्रेलियाका अनुसार, कमिन्सले सामान्य दौड शुरू गरिसकेका छन् र छिट्टै बलिङ अभ्यासमा फर्किने अपेक्षा गरिएको छ।

पर्थमा हुने पहिलो टेस्टमा कमिन्सको स्थानमा तीव्र गतिका बलर स्कट बोल्यान्डले खेल्ने सम्भावना बलियो छ। उनले मिचेल स्टार्क र जोश हेजलवुडको तीव्र गतिको बलिङ आक्रमणलाई साथ दिनेछन् भने स्पिनरको भूमिकामा नाथन लियोन हुनेछन्।

एशेज सिरिजको खेल तालिका:

पहिलो टेस्ट: नोभेम्बर २१-२५, पर्थ स्टेडियम
दोस्रो टेस्ट: डिसेम्बर ४-८, गाबा (ब्रिसबेन)
तेस्रो टेस्ट: डिसेम्बर १७-२१, एडिलेड ओभल
चौथो टेस्ट: डिसेम्बर २६-३०, मेलबर्न क्रिकेट ग्राउन्ड
पाँचौँ टेस्ट: जनवरी ४-८, सिड्नी क्रिकेट ग्राउन्ड

कात्तिक १०, २०८२ सोमबार १०:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।