बन्धकहरूको शव खोज्न इजरायल सहमत, फिर्ता नगरे कारबाही गर्ने ट्रम्पको चेतावनी

बन्धकहरूको शव खोज्न इजरायल सहमत, फिर्ता नगरे कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी : इजरायली अधिकारीहरूले इजिप्ट र अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)को टोलीलाई बन्धकहरूको शव खोजी गर्न अनुमति दिइएको पुष्टि गरेका छन्।

७ अक्टोबर २०२३ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासले उनीहरूलाई बन्धक बनाएको थियो।

इजरायली सरकारले यी टोलीहरूलाई गाजास्थित इजरायली सेनाको नियन्त्रणमा रहेको पहेँलो रेखा भन्दा अगाडि गएर खोजी गर्न अनुमति दिइएको जनाएको छ।

यसैबीच, आइतबार इजरायली मिडियाले जनाएअनुसार, हमासका सदस्यहरूलाई पनि आईसीआरसीको टोलीसँगै गाजाको आईडीएफ-नियन्त्रित क्षेत्रमा प्रवेश गरी खोजी अभियानमा मद्दत गर्न अनुमति दिइएको छ।

अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २८ मध्ये १५ जना इजरायली बन्धकको शव बुझाइसकेको छ।

सम्झौताअनुसार हमासले सबै बन्धकहरूको शव फिर्ता गर्नुपर्नेछ। हमास समूहले 'इजिप्टका अधिकारीहरूसँग समन्वय गरिरहेको' बताएको छ।

यस घटनाक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्धकहरूको शव ‘छिटो फिर्ता गर्न’ चेतावनी दिएका छन्।उनले अन्यथा यस शान्ति प्रक्रियामा संलग्न अन्य देशहरूले हमासविरुद्ध कारबाही गर्ने बताए।

कात्तिक १०, २०८२ सोमबार ०९:११:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।