जे-जी आन्दोलनमा चुकेका एसएसपी विश्व डिआइजी बढुवामा परेनन्, पहिलो नम्बरमा भूपेन्द्र
काठमाडौं : बढुवा सिफारिस समितिले नेपाल प्रहरीमा ५ डिआइजीमा बढुवाका लागि पाँच एसएसपीको नाम सिफारिस गरेको छ। अहिले प्रहरीमा एसएसपीको चार पद रिक्त छ। तीन दिनपछि डिआइजीको एक पद रिक्त हुँदैछ।
दुवै मिलाएर आइतबार पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवाका लागि एसएसपी विश्व अधिकारी पनि प्रतिस्पर्धामा थिए। तर चैत १५ को तीनकुने आन्दोलन र जेन-जी आन्दोलनमा भएको सुरक्षा कमजोरीका कारण उनी बढुवामा परेनन्।
आइतबार सार्वजनिक सूचीमा भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डिआइजीको बढुवाको सिफारिसमा परेका छन्।
कात्तिक ९, २०८२ आइतबार २१:००:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।