गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु
बुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ।
थाइ एयर एशियाको जहाज भैरहवा आइपुगेको छ। बैंककबाट आएको एयरबस ३२० जहाज केही बेर अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा १७ यात्रु आएका छन्।
मध्याह्न १२ः१५ बजे अवतरण हुने भनिए पनि केही ढिलाइसँगै विमान सुरक्षित रूपमा अवतरण भएको विमानस्थलले जनाएको छ। यससँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।
थाई एयर एसियाको जहाजले आजै साँझ १६२ यात्रु लिएर थाइल्याण्ड फर्किने छ। बौद्धमार्गीको बाहुल्यता रहेको थाइल्याण्डसँग सिधा हवाई सेवा सुचारु भएसँगै गौतमबुद्ध जन्मस्थल लुम्बिनी आउने थाई पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा राखिएको छ।
कात्तिक ९, २०८२ आइतबार १३:५७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।