आईसीसी विश्वकप लिग २ : अमेरिकाविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकाविरुद्ध फिल्डिङ गर्दैछ।
यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकी टोलीले ब्याटिङ सुरु गरेको हो।
सिरिजको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध खेल्नेछ।
कात्तिक ९, २०८२ आइतबार ११:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।