सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो

सुनको भाउ तोलामा ११ हजार ६ सयले घट्यो

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।

आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो। कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कात्तिक ९, २०८२ आइतबार ११:३६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।