मन्त्रिपरिषद् विस्तार गर्दै सरकार, चार जनाको नाम शीतलनिवासमा

मन्त्रिपरिषद् विस्तार गर्दै सरकार, चार जनाको नाम शीतलनिवासमा

काठमाडौं : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। 

नयाँ मन्त्रीहरूमा सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्ने निर्णय भएको छ।

सरकारले चार जनाको नाम राष्ट्रपति समक्ष पठाइसकेको छ। चारै मन्त्रीलाई आजै शपथ गराइने सरकारको तयारी छ।

 

 

कात्तिक ९, २०८२ आइतबार ११:२५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।