१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं : १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई हाल काठमाडौंको टोखा नगरपालिका-१, सिमाचौरमा डेरा गरी बस्ने २० वर्षीय राहुल कुमार ठाकुर रहेका छन्।

प्रहरीका अनुसार, ठाकुरले ती बालिकालाई बलात्कार गरेको भनी उजुरी परेपछि प्रहरी प्रभाग टोखाबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो।

पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ८, २०८२ शनिबार ०८:४२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।