देशभरको मौसम सामान्यतया सफा, तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

देशभरको मौसम सामान्यतया सफा, तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ।

हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले ठूलो वर्षा वा बदलीको सम्भावना नरहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले आज शनिबारका लागि जारी गरेको पूर्वानुमान अनुसार, दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान छ।

रातिको समयमा कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार हाल देशभर कुनै पनि उल्लेख्य मौसम प्रणाली सक्रिय नभएका कारण मौसम स्थिर रहेको हो।

कात्तिक ८, २०८२ शनिबार ०७:१५:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।