इरानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित

इरानसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ३-० ले पराजित

काठमाडौं : भारतको सिलोङमा भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको छ।

इरानी टिमले खेल अवधिभर बलमा नियन्त्रण राख्दै सहज जित हात पारेको हो। नेपालले खेलमा केही गोलका अवसर सिर्जना गरे पनि तीलाई सदुपयोग गर्न सकेन।

नेपालले अब दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल भारतसँग आगामी अक्टोबर २७ मा खेल्ने छ। 

कात्तिक ७, २०८२ शुक्रबार २०:३६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।