नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं : गायक तथा संगीतकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ।

गत शनिबार गायिका पौडेलले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो।

 गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ।

कात्तिक ७, २०८२ शुक्रबार २०:१४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।