देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु

देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी–भैलो खेल्ने क्रममा भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ।

देउसी भैलो खेल्दै गाउँमा पुगेका युवाहरूको समूहले सोही गाउँका ४४ वर्षीय सन्तबहादुर ठाडा मगरलाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लुम्बिनी मेडिकल, सर्दी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालले जानकारी दिए।

घटना बिहीबार राति देउसी–भैलोको नाचगानकै क्रममा भएको बताइन्छ। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुमकट्टाका १९ वर्षीय रिङकु गुरुङ, २० वर्षीय धरन पाइजा मगर र एक १७ वर्षीय किशोर रहेका छन्।

मृतकको शवलाई पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक थमनसिंह रानाले बताए।

कात्तिक ७, २०८२ शुक्रबार १६:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।