मकवानपुरमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु, चालक नियन्त्रणमा
हेटौँडा : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७, निर्मलबस्तीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्री वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार, चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ८४ वर्षीया इन्द्रकुमारी स्याङ्तानको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी स्याङ्तानको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिने ट्रकसहित चालक धनुषाको मिथिला नगरपालिका-६ निवासी २५ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान शुरू गरेको छ।
कात्तिक ७, २०८२ शुक्रबार ०९:२४:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।