जबरजस्ती करणीको आरोपमा इलाम र प्युठानबाट दुई जना पक्राउ

काठमाडौं : देशका दुई छुट्टाछुट्टै जिल्लामा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार इलाम र प्युठानबाट एक-एक जना पक्राउ परेका हुन्।
इलाममा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-९ का ५२ वर्षीय टेकनाथ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
पीडित महिलाले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको टोलीले उनलाई मंगलबार बिहान नियन्त्रणमा लिएको हो।
त्यस्तै, प्युठानमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मल्लरानी गाउँपालिका-२ का ५५ वर्षीय खुमनाथ शर्मा पक्राउ परेका छन्।
पीडितको उजुरीपछि जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनामाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
कात्तिक ६, २०८२ बिहीबार ०८:०९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।