प्रशान्त महासागरमा अमेरिकी सेनाको कारबाही, दुई जनाको मृत्यु

एजेन्सी : अमेरिकी रक्षा मन्त्रालयले प्रशान्त महासागरमा एक संदिग्ध लागुऔषध बोकेको डुंगामाथि अमेरिकी सेनाले आक्रमण गरेको पुष्टि गरेको छ। उक्त कारबाहीमा दुई जनाको मृत्यु भएको छ।
रक्षामन्त्री पीट हेगसेथले घटनाको पुष्टि गर्दै अमेरिकी सेनालाई कुनै क्षति नभएको जानकारी दिएका छन्।
हेगसेथका अनुसार, उक्त डुंगा अमेरिकी गुप्तचर एजेन्सीको निगरानीमा थियो र त्यसले अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषधको खेप ओसारपसार गरिरहेको आशंका गरिएको थियो।
सेप्टेम्बर २ यता अमेरिकी सेनाले संदिग्ध लागुऔषधका डुंगाहरूमाथि गरेको यो आठौं कारबाही हो। यद्यपि, प्रशान्त क्षेत्रमा भने यस्तो प्रकारको यो पहिलो आक्रमण हो।
कात्तिक ६, २०८२ बिहीबार ०७:२१:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।