आत्म (म्ह:) पूजा गरियो

काठमाडौँ : बुधवार नेवार समुदायले म्ह: (आत्म) पूजा गरे। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका सदस्यहरूले आफ्नो आत्म (म्ह:) पूजा गर्दै आएका छन्।
म्ह: पूजा गर्दा वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले म्ह: (आत्म) पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा भवानीप्रसाद खतिवडा बताउँछन्। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी–देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ।
यसै विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो। विगतमा नेवार समुदायले मात्र मनाउने यो पर्वमा अहिले अरू समुदायका सदस्य पनि सहभागी हुन थालेका छन्। म्ह: (आत्म) पूजा शास्त्रसम्मत भएकाले पनि अन्य समुदाय सहभागी हुन थालेका छन्।
कात्तिक ५, २०८२ बुधबार २२:४०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।