तिहारमा झिल्के भएको बुटवल

बुटवल : तिहारको भाइटिकाको अघिल्लो दिन बुटवल शहर घरघरमा बालिएको बत्तीको उज्यालोमा झिल्के देखियो। व्यवसायीक प्रतिष्ठान, घर तथा अन्य पसलका भवनमा बालिएको झिलिमिली बत्तीले बुटवल बजारै अलग्गै देखियो।
बुटवलको योगिकुटी, चौराह, मिलनचोक, बसपार्क, अस्पताल लाईन, अमरपथ, ट्राफिकचोक, गोलपार्क झिलिमिली छ। तिहारका कारण मुख्यराजमार्ग समेत उज्यालो बनाइएको छ।
मुख्य राजमार्गमा समेत विद्युतीय बत्ती जडान गरिएको छ। तिहारलाई विशेष गरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ।
कात्तिक ५, २०८२ बुधबार २२:२३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।