मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु

बुटवल : मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ। बुधवार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा तीन जना डुबेका हुन्।
मूर्ति विसर्जन गर्न जाँदा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो।उनीहरू बेपत्ता भएको सूचनापछि प्रहरी र स्थानीयले खोजी गर्दा करिब २०० मिटर तल शव फेला परेको थियो।
दानव र कञ्चन नदी सङ्गम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधवार दिउँसो तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही घाटमा छठको तयारी पनि सुरु भइसकेको थियो।
कात्तिक ५, २०८२ बुधबार १८:५५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।