रुसी आक्रमणमा युक्रेनमा चार जनाको मृत्यु, १० बालबालिकासहित दर्जनौं घाइते

एजेन्सी : युक्रेनको उत्तरी शहर चेर्निहवमा भएको रुसी आक्रमणमा चार जनाको मृत्यु भएको छ। लाखौं मानिस प्रभावित भएका छन्।
नोवहोरार्ड-सिवर्स्कीस्थित आवासीय क्षेत्रमा भएको आक्रमणमा घाइते भएकाहरूमा १० जना बालबालिका पनि रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
युक्रेनको ऊर्जा मन्त्रालयका अनुसार रुसले रातभर गरेको आक्रमणले मुख्य ऊर्जा ग्रिडलाई निशाना बनाएको छ, जसले बिजुली र पानी वितरणमा संकट आएको छ।
यद्यपि रुसले भने युक्रेनको सैन्य र औद्योगिक केन्द्रहरूमा सटिक आक्रमण गरेको दाबी गरेको छ। उसले नागरिकलाई हानी नोक्सानी पुर्याउने नगरी आक्रमण नगरिएको तर्क गरको छ।
चेनिहव र यसका आसपासका शहर पछिल्ला दिनमा रुसको नयाँ आक्रमणको मुख्य निशानामा छन्। रुसले त्यस क्षेत्रका ऊर्जा ग्रिड, रेल नेटवर्क र नागरिक आवासमा पटक-पटक निशाना बनाइरहेको छ।
कात्तिक ५, २०८२ बुधबार ०७:३५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।